_

Translate

अब बन्ने संविधान जनवादी नहुने प्रधानमन्त्रीको भनाइ

फागुन-२,प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ संविधान लोकतान्त्रिक र जनवादी नभई
समावेशी र सहभागितामूलक बन्ने दाबी गर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसको अबसर पारेर सोमबार जनसंविधान नबने विद्रोहमा जान तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेको २४ घण्टा नबित्दै हिजो बारामा भएको कार्यक्रममा माओवादी उपाध्यक्षसमेत रहनुभएका भट्टराईले यस्तो दाबी गर्नुभएको हो । उहाँले गलत मानसिकता भएकाहरु नेतृत्वमा रहेकाले मुलुक विकृत बन्दै गएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री भट्टराईले सभासद् तथा मन्त्री भइसकेका व्यक्तिहरु अपहरणलगायतका आपराधिक कि्रयाकलापमा व्यस्त रहनु प्रहरी उच्च अधिकारीहरु भ्रष्टाचार मुद्दा खेपिरहनुले मुलुककै बदनाम भएकॊ भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले संविधान जेठ १४ भित्रै बन्ने दावी गर्दै आफ्नै नेतृत्वको सरकार नै राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्नुभयो । उहाँले फागुनभित्र शान्त्रि प्रकि्रया टुङ्गिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget