_

Translate

क्यानाडा भाग्दै अमृतचरण

काठमाडौ, मंसिर ६ । एनबी समूह र समूहका प्रवर्द्धक लक्ष्मीबहादुर तथा जीतबहादुर श्रेष्ठको वित्तीय अपराधको श्रृंखला एकपछि अर्को गरी सार्वजनिक हुन थालेपछि एनसीसी बैंकका सीईओ अमृतचरण श्रेष्ठ
क्यानाडा भासिने पक्का भएको स्रोतले बताएको छ। नबिल बैंकमा रहँदा सीमित अवधिको कार्यबाहक सीईओको जिम्मेवारी लिएका श्रेष्ठले सोही अवधिमा एनबी समूहलाई २२ करोड ऋण गैरकानुनी प्रक्रियाबाट उपलब्ध गराएका थिए। उनको सोही कार्य नै यतिखेर नेपाल राष्ट्र बैंकको अनुसन्धानको विषय बनेको छ। उता एनसीसी बैंकको सीईओ बनेका श्रेष्ठले पछिल्लो एक वर्षको अवधीमा मात्र एनबी समूह र उसका प्रवर्द्धकहरुलाई थप ऋण प्रवाह गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार लक्ष्मीबहादुर र जीतबहादुर वित्तीय अपराधका अभियुक्त हुन् भने अमृतचरण योजनाकार र मतियारको रुपमा देखिएका छन्।
आफू एउटा बैंकमा रहँदा नै ऋणीले ऋण सदुपयोग गरेको नदेखिएपछि आवश्यक कदम चाल्नु पर्ने बैंकरले एकाएक सोही ऋणीको मतियार भएर अर्को बैंकमा सीईओको जिम्मेवारी लिएर पुनः सोही समूहलाई अपचलनको निम्ति सहयोग पुर्याउनुलाई राष्ट्र बैंकले गम्भीरतापूर्वक लिएको छ। बैंक सुपरीवेक्षण विभागका एकजना अधिकृतले नाम नबताउने शर्तमा भने – अमृतचरण अब विदेश पलायन हुनुको विकल्प नदेखिएकोले दशैं अघि नै क्यानाडातर्फ गएको पुष्टि भइसकेको छ। यसअघि विगतमा पनि बैंकको कुभलो चिताएको आरोपमा एनबी बैंकका सीईओ नरेन्द्र भट्टराईलाई राष्ट्र बैंकले नै अक्षम घोषणा गरेको थियो। अब अक्षमको पालो अमृतचरणको भएको समेत उनले बताए।  
समयले कोल्टे फेरेको बुझेपछि बैंकिग अपराधीको आरोपबाट बच्न अमृतचरणले क्यानाडा रोजेको उनी निकटका मित्रहरुलेसमेत  बताएका छन्। श्रेष्ठ हालैमात्र झण्डै एक महिना क्यानाडा बसेर आफू अनुकुलको स्थान र व्यवसाय रोजेको पनि स्रोतले दाबी गरेको छ। एनबी समूह र एलबी दाजुभाईलाई कारबाहीको प्रक्रिया अघि बढाउने बित्तिकै एनसीसीका सीईओ विदेश पलायन हुने सक्ने सम्भावना रहेकोले तत्काल निजको राहदानी जफत गरी मुलुक बाहिर जान नदिन आवश्यक प्रवन्ध मिलाउन केन्द्रीय बैंकले परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र प्रहरीलाई यो हप्ताभित्र पत्र लेख्ने सम्भावना बढेको छ। अर्कोतर्फ अहिलेको अवस्थामा विवादास्पद सीईओलाई पदमा रहन दिँदा अनुसन्धानमा गम्भीर आघात पुग्ने भएकोले तत्काल अमृतचरणलाई पदमुक्त गरिनुपर्ने स्वतन्त्र अर्थ विश्लेषकहरु बताउँछन्।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget