_

Translate

महानगरले एक्काइस तल्ले 'काठमाडौ भ्यू टावर' बनाउने

towerमहानगरले एक्काइस तल्ले 'काठमाडौ भ्यू टावर' बनाउने,निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिने:

काठमाडौ, मंसिर १५ - काठमाडौ महानगरपालिकाले रत्नपार्कस्थित पुरानो वसपार्कमा एक्काइस तल्ले 'काठमाडौ भ्यु टावर' निर्माण गर्ने भएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने लागेको टावर सम्पूर्ण काम तीन वर्षभित्र सम्पन्न हुने  छ ।
भुमीगत दुई तल्लामा पार्ककिङ, त्यसभन्दा माथि बस, टेम्पो लगायतका सवारी मोटर साइकल लगायतका स्टेशन बनाइने छ । महानगरका कार्यकारी अधिकृत केदारवहादुर अधिकारीले टावरको निर्माण कार्य सार्वजनिक नीजि क्षेत्र साझेदारी अनुसार हुन लागेको बताए । अधिकारी अनुसार भ्यू टावरको निर्माण जिम्मा जलेश्वर स्वच्छन्द बिके निर्माण कम्पनी छनौटमा परेको छ ।

भ्युटावरबाट पुरै काठमाडौ दृश्यावलोकन गर्न सकिने उनले बताए । 'अन्य मुलुकका महानरपालिका जस्तै भ्युटावरले पनि हाम्रो पहिचान दिने छ, न्युरोड  लगातयका क्षेत्रको ट्राफिकजाम पनि कम हुन्छ' उनले भने ।
न्युरोडसम्म भ्रमण तथा व्यपार गर्न जानेहरुले भ्यु टावरमै सवारी साधन पार्किङ गरेर जाने व्यवस्थासमेत मिलाउने उनले बताए । त्यसले गर्दा न्युरोड लगायत क्षेत्र स्वच्छ सफा हुनका साथै पर्यटकीय आकर्षणको केन्द्र बन्ने समेत उनले बताए । टावरलाई व्यापारिक केन्द्रको रुपमा विकसित गरिने छ । टावरमा प्राचिन कला झल्किने विभिन्न किसिमका डिजाइन निर्माण गर्न लगाइने छ ।
टावरमा चार वटा मनोरन्जन हल, बैंक, अस्पताल, रेष्टुरेन्ट लगायत पुस्कालयसमेत बनाइनेछ । अत्याधुनिक प्रविधिबाट निर्माण हुन  लागेको भ्युटाव दक्षिण एशियाकै पहिलो हुने महानगरले दाबी गरेको छ ।  टावरका प्रत्येक तल्ला २४ घण्टा खुल्ला रहने छन् ।
निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द बिके निर्माण कम्पनीले तीस वर्षसम्म उक्त टावर उपभोग गर्ने छ । तीस वर्षपछि महानगरलाई हस्तारण गर्ने सम्झौता भएको छ । निर्माण लागि करीव दुई अर्व रुपैयाँ लाग्ने कम्पनीले अनुमान गरेको छ । जमीनको प्रत्येक वर्ष सतरी लाख रुपैयाँ भाडा तिर्ने छ भने त्यो पनि वर्षेपिच्छे दस प्रतिशतका दरले बढ्ने पहिलो चरणको सम्झौता भएको छ ।  
त्यसैगरी टावर निर्माण पश्चात प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व वुझाउने र त्यो वर्षेपिच्छे करीव तीन प्रतिशतका दरले बढ्ने छ ।
कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले अन्तिम सम्झौता हुन बांकी रहेको बताउंदै तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने बताए । 'सबतर्फबाट सहयोग रहे हामी काम चांडै सम्पन्न गर्छौ' उनले भने । कम्पनीकले केही दिनभित्र आर्थिक प्रस्ताव बुझाउने उनले बताए । आर्थिक प्रस्ताव पारित भएपछि निर्माण थालिने उनले बताए । निर्माणका लागि ११ वटा कम्पनीले आवेदन दर्ता गराएका थिए भने अन्तिम चरण तीनवटा पुगेका थिए ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget