_

Translate

कलाकारहरु विदेसिने क्रम बढ्यो

नेपाली रङ्गमञ्चमा नाम कमाएका धेरै कलाकारहरु विदेश पलायन हुने क्रम बढ्दो छ । राम्रै नाम र दाम कमाएका नेपाली कलाकारहरु यसरी विदेशमा कार्यक्रम गर्न जाने अनि उतै हराउने परिपाटीले विश्वमा 
नेपाली कलाकारको बद्नाम नै भएको छ । कलाकारको यही बानीले गर्दा राम्रै   नियतले बिदेश जान लागेका लाई पनि दुतावासले प्रवेशज्ञा दिन छोडेको छ । बिदेश जान कै लागि भनेर कलाकारिता पेशा अगाल्न थालेको पनि पाइएको छ । राष्ट्रभक्तिको गुनगान गाउने तर डलरको पछाडि लाग्ने यी कलाकारले गर्दा आज देश रोएको छ । 

यस्ता कलाकारलाई देश फर्केर म कलाकार हु भन्दै हिड्न लाज लाग्नु पर्ने हो तर अफसोच राज्य संयन्त्रले नै सम्मान दिन्छ । अनुहार नै देखाएर हिड्न लाज हुनुपर्ने यी कलाकारको नकचरो बानीले गर्दा यस्ता रगंकर्मीमा साच्चै लाज हुदैन रहेछ भन्ने प्रमाणित गरेको छ । कलाकारिताको ढोङ ओढि देशको नै बद्नाम गर्ने कलाकारलाई राज्यले उल्टै  सम्मान दिएर सच्चा देशभक्त कलाकारको खिल्लि उडाएको छ । 
सिमसिमे पानीमा ज्यानले बेमान गर्छ कि जिन्दगानीमा र सालको पातैले दिए खान्थे मायाको दाहिने हातैले जस्ता लोक गीत गाउने प्रेम राजा बर्षौ देखि नेपाल बाहिर छन् । खोजी आउ पहिले सरकारी जागिर भन्दै गाउने गायक क्रान्ति आल बिदेश  बस्न थालेका छन् । त्यस्त मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो भन्दै गाउने मंगोलियन हर्टका राजु लामालाई र ठुलाठुला महल होइन सिप सिकाउने झुपडि देउ भन्ने गायक कर्ण दास पनि आफ्नो गायन सिप बन्धकीमा राखी बिदेश हानिएकाछन् । पे्रम, राजु र क्रान्ति जसरी नै बिदेश बस्ने कलाकारहरुको सूची लामो छ ।

पलायन हुने कलाकार हरु 
राजु लामा ‘द एन्जल्स ब्याण्ड’   
शर्मिला बर्देवा
सपना श्री
आनन्द कार्की
उदय सोताङ
मनिला सोताङ
सुनिल उप्रती
मोहन भुषाल
सुदिन पोखरेल
भिम तुलाधर
दिपेश किशोर भट्टराई
सुदिप गिरी
सन्जिप प्रधान
सरिश्मा अमात्य
रतन सुवेदी

यस्ता कलाकारको समाज नै बनेको छ नेपाल बाहिर । यसरी नै सबै कलाकार देश र जनताले दिएको सम्मान र सुबिधा लत्याई नेपाल बाहिर बस्ने हो भने भोलिका दिनमा कलाकार खोज्न बिदेश धाउनु पर्ने स्थिती नआउला भन्न सकिदैन । देशको सम्मान पनि लुट्न खोज्ने अनि अबैध रुपमा बिदेश बसि डलर को पछि लाग्ने यी कलाकारलाई जनताले कसरी प्रेरणाको स्रोत मान्लान ?
 तर आफ्नो देशमा नै बस्ने जस्तो वातवरण नभएपछि कलाकार बिदेशिनु उनीहरुको बाध्यता भएको छ । एकातिर गायन पेशामा राम्रो कमाई छैन त्यही माथि पनि पाईरेसीले गर्दा संगीतसाधकहरु मारमा परेका छन् । कति कलकारले देशको राजनीतिक अवस्थाको कारणले गर्दा पनि बिदेशिनु पर्ने कलाकारको बिवशता बनेको छ । 

आफू जन्मे हुर्केको ठाउ छोडेर अर्काको मुलुकमा गएर श्रम गर्ने मन कसैलाई पनि हुदैन । आफ्नो देशमा नै यही पेशा अपनाएर गरि खाने वातवरण बने आफू नेपाल मा नै बस्न तयार रहेको कलकारहरु बताउछन् । 

तर कार्यक्रमको लागि बिदेश जाने अनि उतै हराउने प्रबृत्ति चा“हि पक्के नराम्रो हो । अबैधानिक रुपमा यसरी जहा गयो उतै हराउने कलाकारको यो बिवशताले गर्दा सम्पूर्ण नेपाल र नेपालीको नै गलत बिश्व पहिचान बन्छ । यसरी बिदेशिदाको देश र जनताको नै बद्नाम हुन्छ भनेर कलाकारले बिदेशिनु पहिले एक पटक सोच्ने पो हो कि ? यस्तै सरकारले पनि कलाकारको यो बिदेशिनु पर्ने बाध्यताको निराकराण गर्न बेलैमा कही उपाय सोचे राम्रो हुन्थ्यो कि ?

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget