_

Translate

भोलि सहमतीय प्रधानमन्त्रीको टुंगो लाग्ने  सम्भावना : खनाल काठमाडौ, पुस ८ - एमाले अध्यक्ष झलनाथ Jhalanath Khanalखनालले भोलिसम्ममा देशले सहमतीय प्रधानमन्त्री पाउने सम्भावना बढेको बताएका छन् । राष्ट्रपतिसँग भएको दुईघण्टे वार्तापछि बाहिर निस्किएका खनालले भोली निकास निस्कने आशा व्यक्त गरे । ५ औं पटकसम्म म्याद दिंदा पनि प्रमुख दलले सहमतीय प्रधानमन्त्री छान्न नसकेपछि राष्ट्रपति रामवरण यादवले छलफलका लागि भोली बिहान बिघटित संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका छन् । राष्ट्रपतिसँगको भेटबाट बाहिरिंदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भोलिको बैठकमा सहमतीय सरकार र प्रधानमन्त्रीबारे प्रस्ताव लगिने जानकारी दिए । यद्यपि उनले प्रधानमन्त्रीको लागि कसको नाम प्रस्ताव गरिने हो भन्ने खुलाएनन् । राष्ट्रपतिले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रमुख तीन दल र मधेसी मोर्चाका प्रतिनिधिसँग निकासबारे छलफल गरेका थिए । भारतमा हुने एक कार्यक्रममा सहभागी हुने राष्ट्रपति यादव भोलि भारत जाने कार्यक्रम छ । राष्ट्रपतिले आफू भारत भ्रमण जानुअघि नै सहमतीय प्रधानमन्त्रीको टुंगो लगाउन प्रमुख दलहरुलाई आग्रह गरेको बुझिएको छ । सचिन तेन्दुलकरले लिए सन्यास नयाँदिल्ली, पुस ८ - भारतीय क्रिकेट मास्टर ब्लास्टर सचिन तेन्दुलकरsachin tendulkarले भारत-पाक क्रिकेट सिरिसअघि आइतबार वन-डे क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बीसीसीआईका सचिव सञ्ज जगदाले विज्ञप्ती जारी गर्दै सचिनको सन्यास घोषणा गरेका हुन् । सचिनलाई भारतमा 'क्रिकेट भगवान' भनिन्छ । 'मैले वन डे खेलपछि सन्यास लिने फैसला गरेको छु,' सचिनले विज्ञप्तीमा भनेका छन्, 'सन् २०१५ को विश्वकपको तयारीस्वरुप अब बन्ने टिमलाई शुभकामना दिन चाहन्छु । ' भारत-पाक वन डे खेलको टिम घोषणा हुने दिन सचिनको सन्यास घोषणा सार्वजनिक भएको हो । टेलिभिजन च्यानल सीएनएन आईबीएनसँग कुरा गर्दै पूर्व चयनकर्ता श्रीकान्तले सचिनको घोषणाले आश्चार्य चकित बनाएको बताए । सचिनले ४६३ वन डे म्याच खेलेका छन् । उनले १८ हजार ४ सय २६ रन बनाएका छन् । वन डे म्याचमा उनले सर्वाधिक २०० अंक जोडेका छन् ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget