_

Translate

बिहे गर्न नमान्दा पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दिया गुलरियाकी शिवा हास्मीको निधन भयो

काठमाडौं, २७ मंसिर 
बिहे गर्न नमान्दा पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दिया गुलरियाकी शिवा हास्मीको निधन भएको छ । उपचारकै क्रममा बुधबार बिहान ७ बजे उनको वीर अस्पतालमा निधन भएको हो । 
शरीरको अधिकांश भाग जलेकाले शिवाको निधन भएको अस्पतालले जनाएको छ । वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले शिवाको शरीर ९० प्रतिशतभन्दा बढी जलेका कारण बचाउन नसकिएको बताए  । नयाँ  पत्रिकासँग कुरा गर्दै डा. थापाले भने,
'शिवाको उपचारका लागि हरसम्भव प्रयास गरेका थियौँ, तर बचाउन सकिएन, उनको शरीरको अधिकांश भाग आगोले खाएको रहेछ ।'
१६ वषर्ीया शिवालाई शुक्रबार बिहान ६ बजे घरबाहिर निस्कँदै गर्दा भारत स्थायी घर भएका २३ वर्षीय बाबु खानले पछाडिबाट पेट्रोल छर्की आगो लगाइदिएका थिए । 
आगलागीबाट सख्त घाइते उनको जिल्ला अस्पताल बर्दियामा प्रारम्भिक उपचारपछि नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्‍याइएको थियो । झन्डै ९० प्रतिशत भाग जलेको अवस्थामा अस्पताल ल्याइएको भन्दै त्यहाँका चिकित्सकले उनलाई तत्काल काठमाडौं लैजान परिवारलाई सुझाब दिएका थिए । तर, पैसा नभएको भन्दै उनको परिवारले तत्काल काठमाडौं ल्याउन सकेको थिएन । 
रकम अभावमा काठमाडौं लैजान नसकेको समाचार सार्वजनिक भएपछि विभिन्न संघ-संस्थाको सहयोगमा चन्दा उठाएर सोमबार मात्रै उनलाई काठमाडौं ल्याइएको थियो । उनको वीर अस्पतालको वर्न वार्डको आइसियुमा राखी उपचार भइरहेको थियो । उनको उपचार वरिष्ठ चिकित्सक डा. पियुष दाहालको टोलीले गरेको थियो । 
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक शोकविज्ञप्ति जारी गर्दै शिवाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । निर्दोष किशोरीमाथि पेट्रोल छर्केर आगो लगाएर हत्या गरिएको घटनाको सम्बन्धमा सम्बद्ध निकायबाट अनुसन्धान सुरु भइसकेको र सो घटनामा संलग्न जोसुकै व्यक्तिलाई कानुनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउने विज्ञप्तिमा उल्लेख छ । 
मृतक शिवाको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने र मृतकका आफन्तलाई तत्काल राहत तथा किरिया खर्चवापत् जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत ३० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ । 
शिवाको स्वास्थ्य अवस्था बुझ्न मुख्यसचिव लीलामणि पौड्यालसहितको टोली वीर अस्पताल पुगेको थियो । उनले शिवाको सम्पूर्ण उपचार निःशुल्क गर्न अस्पताललाई निर्देशन दिएका थिए ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget