_

Translate

छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकले राज्यको सेवा नपाउने

बाँके-नेपालगन्जका विद्यार्थी लीलाधर भट्ट र कपिल द्विवेदी हत्याकाण्डका मुख्य आरोपी तराई जनतान्त्रिक पार्टी मधेसका बाँके-बर्दियाका प्रमुख आदर्श भनिने मेराज साईलाई ७८ वर्षको जेल सजाय भएको छ ।
जिल्ला अदालत बाँकेका न्यायाधीश शेखरप्रसाद पौडेलको एकल इजलासले शुक्रबार सो मुद्दाको फैसला गर्दै साईलाई दुई विद्यार्थीको अपहरणपछि हत्या गरेको ठहर गरी ७८ वर्षको जेल सजाय सुनाइएको हो । 

त्यस्तै हत्याकाण्डका अन्य आठजना आरोपीमाथि पनि जेल सजायको फैसला भएको छ । हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका मानवअधिकारकर्मी सिपी सिंहलाई भने अदालतले सफाइ दिएको छ । सो मुद्दाको एक सातादेखि बहस भइरहेको थियो । 
नेपालगन्जको जयबागेश्वरी उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वषर्ीय लीलाधर भट्ट र कक्षा ९ मा अध्ययनरत १५ वषर्ीय कपिल द्विवेदीको दुई वर्षअघि १४ असोजमा अपहरणपछि निर्मम हत्या भएको थियो । 
प्रहरीले मेराजसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये नौजना पुर्पक्षका लागि थुनामा छन् भने सिपी सिंह, रामसुरेश बर्मालगायत सातजना फरार रहेका छन् । 
दश लाख रुपैयाँ फिरौती लिएर पनि दुवै बालकको साईले निर्मम हत्या गरेका थिए । हत्यापछि नेपालगन्जका नागरिक, विद्यार्थीले चर्को प्रदर्शनसमेत गरेका थिए । हत्यापछि १० लाख रुपैयाँ फिर्ता गराउने सरकारले आश्वासन दिए पनि हालसम्म पीडितले सो रकम पाउन सकेका छैनन् ।
हत्याकाण्डको फैसला सुन्न अदालतमा सार्वसाधारणको ठूलो भीड लागेको थियो । न्यायालयको फैसला आमजनताको खुसीको कुरा भएको द्विवेदीका बुबाले बताए ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget