_

Translate

विपद्को सूचाङ्कमा नेपालको अबस्था

संसारमा विपद् सूचना दिएर आउँदैन । अकस्मात आउने यस्ता विपत्तीका घटनाले धेरैको ज्यान जाने गरेको छ । विपद्लाई कसैले रोक्न सक्दैन, मात्र यसबाट उत्पन्न क्षेति कम गर्न सकिन्छ ।
 विश्वमा बिपत् बाट  धेरैको ज्यान जाने गरेको छ । 

नेपाल विश्वका दुई सय मुलुक मध्ये भुइचालोको लागि ११ औ जोखिम
पूर्ण स्थानमा पर्दछ भने जलउत्पन्न विपदका हिसावले वीसौ स्थानमा पर्दछ । त्यस्तै जर्मन वाचले सन २००६ मा गरेको एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद जोखिमका आधारमा नेपाल विश्वमै छैठौ स्थानमा पर्दछ । 

नेपालमा सबै भन्दा बढी महामारीबाट मर्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ । महामारीले हरेक वर्ष औषतमा पाँच सय ६५ जनाको ज्यान लिने गरेको छ भने वर्षेनी ४० देखि ८० जना मानिसहरु सित लहर र यसका कारण उत्पन्न हुने रोग लागेर मर्ने गरेको अनुमान छ । विगत तीन दशकको तथ्यांक हेर्दा विभिन्न विपदमा परी प्रत्येक वर्ष एक हजार भन्दा बढीको मृत्यु हुने गरेको छ  । २०६६ साल सम्मको तथ्यांक अनुसार वार्षिक एक अर्व २० करोड ८० लाख नेपाली रुपैया बराबरको अािर्थक क्षेती भैरहेको सरकारी तथ्यांक छ । नेपालको भौगोलिक विकटताले पनि विपद् व्यवस्थापनमा कठिनाई भएको सरकारी भनाई छ । 

अन्तराष्ट्रिय एकीकृत पर्वतिय अनुसन्धान तथा विकास केन्द्रले गरेको अध्ययन अनुसार नेपालमा रहेका दुई हजार तीन सय २३ हिमताल मध्ये २२ वटा विष्फोट हुने खतरामा रहेका छन् । नेपालको औशत तापक्रम वृद्धिदर विश्वको औशत तापक्रम भन्दा बढी छ । नेपालमा २०६८ साल यता विगत वर्षका भन्दा क्षति कारक र पीडादायिक विपदका घटनाका श्रृंखला सुरु भएका छन् । २०६८ साल असोज १ गतेको भूकम्पको पीडा सेलाउन नपाउदै कास्की जिल्लाको सेती नदिमा आएको बेमौसमी बाढीले ठूलो क्षेति पु-यायो । 

त्यसैगरी सिरहामा भएको आगलागी, बाजुराको पहिरो र बढ्दै गएका हवाई तथा सडक दुर्घटना यस अवधीका ठूला विपदजन्य घटना हुन् । २०६९ को सुरुका ५ महिनाको अवधिमा मात्र विभिन्न किसिमका विपदका कारण करिव २५० भन्दा बढी मानिसले ज्यान गुमाई सकेका छन् । यो अवधिमा बाढी पहिरो, झाडापखाला, हैजा र चट्याङका कारण धेरै मानिसको ज्यान जाने गरेकोछ ।

विपद् व्यवस्थापनका लागि सरकारले बेलैमाथि ठोस कदम चाल्न पर्छ । त्यतिमात्र होइन आम नागरिक पनि बेलैमाथि सचेत हुनै पर्छ । जसका कारण ठूला विपदमा पनि कम क्षति हुनेछ ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget