_

Translate

बाबुराम सरकार ढले भयानक प्रतिक्रान्तिः किराती


उदयपुर, पुस २ - एकीकृत नेकपा माओवादी पोलिट्व्युरो सदस्य तथा कोचिला राज्य समिति इन्चार्ज गोपाल किरातीले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढले त्यसको भोलिपल्टदेखि नै प्रतिक्रान्ति सुरु गर्ने चेतावनी दिएका छन् । गाईघाटमा आजदेखि सुरु पार्टीनिकट जातीय मोर्चाहरुको संयुक्त जिल्ला सम्मेलनको उद्घाटन गर्दै किरातीले बाबुराम भट्टराई क्रान्तिकारी सरकारको नेतृत्व गरिरहेकाले
यो सरकार ढल्नै नहुने विचार राखे।
  वर्तमान सरकार ढले भयानक प्रतिक्रान्तिको खतरा रहेको पनि किरातीले औंल्याए। 'भट्टराई नेतृत्वको सरकार क्रान्तिकारी र परिवर्तनकामी शक्तिहरुको मिलेमतोमा बनेको सारकार हो,' उनले भने, 'यो सरकार ढल्नुहुन्न, ढल्यो भने ढलेको भोलिपल्टदेखि भयानक प्रतिक्रान्ति सुरु हुने खतरा छ, त्यसको परिणाम गम्भिर हुनसक्छ।'
      संविधानको अन्तरवस्तु सम्बोधन नभएसम्म वर्तमान सरकारको आवश्यक्ता कायमै रहने बताउँदै उनले आदिवासी जनजाति, मधेसी, दलित र महिला तथा उत्पीडित वर्गको माग सम्बोधन नभएसम्म भट्टराई नेतृत्वको सरकार हट्टै नहुनेमा जोड दिए। उनले भने, 'अहिलेसम्मका सरकारमध्ये भट्टराई नेतृत्वको सरकार सबैभन्दा लोकतान्त्रिक, समावेशी र संघीय गणतन्त्रप्रति प्रतिवद्ध सरकार हो। त्यसैले यसको विकल्प सोंच्नुअघि यो भन्दा बढी क्रान्तिकारी र परिवर्तनमुखी नेतृत्वबारे विचार पुर्या उनुपर्छ।'
     गणतन्त्र र संघीयतालाई संस्थागत हुन नदिन सबभन्दा बढी एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशिल कोइराला लागि परेको आरोप लगाउँदै उनले उनीहरु इतिहासमा नेपाली जनताको नजरमा कलंकित भएर रहने बताए। तर, संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली जनता कुनै हालतमा पछि नपर्ने पनि उनले बताए। किरातीले एमाओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र र संघीयताप्रति प्रतिवद्ध नेताको रुपमा चित्रण गर्दै भने 'एमाले र कांग्रेसले जतिसुकै नचाहे पनि प्रचण्ड र एमाओवादीले गणतन्त्र र संघीयतालाई संस्थागत गरेरै छाड्छ।'
         भर्खरै गठित संघीय समाजवादी पार्टी अध्यक्ष अशोक राईलाई लक्षित गर्दै उनले संघीयताविरोधी पार्टी एमाले फुटाएर अर्को शक्ति बनाउनु सकारात्मक भएको बताए। उनले तर, क्रान्तिकारी साम्यबादलाई त्गाग्दै कांग्रेसको नारा लिएर समाजवादतर्फ धकेलिनु भनेको परिवर्तनशील क्रान्तिलाई धोका दिनु भएको बताए।
      उनले अशोक राई र पार्टी विभाजन गरेर जाने मोहन वैद्यलाई एकीकृत माओवादीको क्रान्तिकारी धारमा चाँडै समाहित हुन आग्रह गरे । 'त्यसो भए मात्र सबै क्रान्तिकारी एक भएर गणतन्त्र र संघीयता समयमै संस्थागत हुने तथा शान्ति प्रक्रियाले निचोडमा पुग्छ,' किरातीले भने । कार्यक्रममा नेवा मुक्ति मोर्चाका अध्यक्ष दिलिप प्रजापति, पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दीपक), किरामो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बासु किरातीलगायतले पनि बोलेका थिए।
        गाईघाटस्थित लोकतान्त्रिक चोकमा सुरु पार्टीनिकट सातवटा जातीय मोर्चाहरु किरात राष्ट्रिय मुक्ति मोर्चा, मगर, शेर्पा, तामाङ, नेवार, दनुवार, मधेसी मोर्चाको संयुक्त सम्मेलनले मंगलबारसम्म नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget