_

Translate

के 2012 मा प्रलय हुन्छ त ? के भन्छ त नासा ?


नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) अमेरिकी सरकारको एउटा निकाय हो। यो संस्थाले अन्तरिक्ष, एरोनटिक र एरोस्पेस कायर् क्रमहरूको अनुसन्धान गर्छ। सन् १९५८ मा स्थापना भएको संस्था नासाले सन् २०१२ मा पृथ्वीमा घट्न सक्ने सम्भावित दुर्घटनाको हल्लाका  विषयमा प्रस्ट पार्ने प्रयास गरेको छ। अहिले विभिन्न मानिसमा देखिएको कौतूहललाई समष्टिमा राखेर नासाले दिएका उत्तरहरूः

सन् २०१२ मा पृथ्वीको अन्त हुने विषयमा व्यापक चर्चा चलिरहेको छ। इन्टरनेटका विभिन्न वेबसाइटले यो कुरालाई सत्य भनेर प्रकाशित  गरिरहेका छन्। के ती समाचारहरू सत्य हुन् ?

नासाः सन् २०१२ मा पृथ्वी ध्वस्त हुँदैन। पृथ्वीमा तत्काल ४ अर्ब वर्षसम्म कुनै किसिमको खतरा देखिएको छैन। हामीले विश्वका विभिन्न  वैज्ञानिकहरूबाट सन् २०१२ मा पृथ्वीलाई कुनै किसिमको खतरा नभएको रिपोर्ट पाइरहेका छौं।


सन् २०१२ मा पृथ्वी ध्वस्त हुने कुरा कसरी सार्वजनिक भयो ?

नासाः सुमेरियनहरूले निबिरु नामक ग्रह पत्ता लगाउने क्रममा उक्त ग्रह पृथ्वीतर्फ आइरहेको जानकारी दिएका थिए। उनीहरूले सन् २००३  को मे महिनामा पृथ्वीसँग उक्त ग्रह ठोक्किने भविष्यवाणी गरेका थिए, जुन पछि गलत साबित भयो र उनीहरूले मिति सारेर सन् २०१२ मा  निबिरु ग्रह पृथ्वीमा ठोक्किने बताए। प्राचीन मायन क्यालेन्डरमा जाडो महिना २१ तारिखमा सकिन्थ्यो भने सन् २०१२ को अन्तिम दिन २१  तारिख (पुस ६ गते शुक्रबार) मै सकिने उल्लेख गरिएको छ।

मायन क्यालेन्डर २०१२ को डिसेम्बरपछि सकिन्छ ?

नासाः हामी जसरी डिसेम्बर ३१ तारिख पछि नयाँ क्यालेन्डर राख्छौं त्यसै गरी मायन क्यालेन्डर पनि डिसेम्बर २१ तारिख २०१२ पछि  सकिन्छ। मायन क्यालेन्डरअनुसार हुने गणना अनुसार यो अन्तिम हो। हामीले जसरी नयाँ क्यालेन्डर राखेर गणना थाल्छौं त्यसै गरी मायन  क्यालेन्डरको पनि अर्को गणना सुरु हुन्छ।

के नासाले डिसेम्बर २३ देखि २५ तारिखसम्म (पुस ८ गते आइतबारदेखि पुस १० गते मंगलबारसम्म) पृथ्वीमा पूर्ण रूपमा ब्ल्याकआउट  हुन्छ भनेर घोषणा गरेको छ ?

नासाः छैन, नासालगायत अरू कुनै पनि वैज्ञानिक निकाय एवं संस्थाहरूले ब्ल्याकआउट हुन्छ भनेर घोषणा गरेका छैनन् । नासाले एक पटक  यस्तो किसिमको आपत्कालीन अवस्था आउँदा कसरी जोगिने भन्ने कुराको जानकारी गराएको थियो, तर हामीले ब्ल्याकआउट हुन्छ भनेर  भनेका छैनौं।

विभिन्न ग्रहहरू एउटै रेखामा रहँदा पृथ्वीलाई कुनै किसिमको प्रभाव पर्छ ?

नासाः हाम्रो अनुसन्धानअनुसार आगामी केही दशकसम्म ग्रहहरू त्यस्तो स्थितिमा आउँदैनन्। त्यस्तो किसिमको अवस्था आए पनि पृथ्वीलाई  अहिले चलेको हल्लाको जस्तो असर भने हुँदैन। त्यस्तो असर सामान्य मात्र हुन्छ। अहिले चर्चा चलेको जस्तो घटना सन् १९६२ मा भएको  थियो भने सन् १९८२ र सन् २००० मा पनि ग्रहहरू एउटै रेखामा थिए। प्रत्येक बर्षको डिसेम्बर महिनामा सूर्य र पृथ्वी रहेको रेखा  आकाशगंगाको मध्य भागमा हुन्छ। यस्तो घटना प्रत्येक वर्ष यही महिना हुन्छ।

ब्रह्माण्डमा रहेका भनिएका निबिरु, प्लानेट एक्स वा इरिस ग्रह पृथ्वीतर्फ आइरहेका हुन् ?

नासाः निबिरुलगायत अरू ग्रहहरू पृथ्वीतर्फ आइरहेको भन्ने कुरा इन्टरनेटमार्फत चलेका हल्ला मात्र हुन्, जसलाई वैज्ञानिकहरूले अहिलेसम्म  पुष्टि गर्न सकेका छैनन्। यदि ती ग्रहहरू पृथ्वीतर्फ आएर सन् २०१२ मा ठोक्किने हो भने वैज्ञानिकहरूले पहिल्यै घोषणा गर्ने थिए भने उक्त  ग्रहलाई अहिले खुला आँखाले नै देखिनुपर्ने थियो। निबिरु ग्रह अस्तित्वमै छैन। इरिस ग्रहचाहिँ अस्तित्वमा छ। यो ग्रह प्लुटोजस्तै छ र यो हाम्रो  सौर्यमण्डलको सदस्य होइन भने यो ग्रह पृथ्वीवाट ४ अर्ब माइल टाढा छ।

के पृथ्वीमा सन् २०१२ मा कुनै ग्रह, उल्का पिण्डहरू ठोक्किने खतरा छ ?

नासाः पृथ्वीमा उल्का पिण्डहरू लगातार आइरहेका हुन्छन्, तर ठूलै दुर्घटना हुने किसिमको घटना भने कमै हुन्छन्। ६ करोड ५० लाख वषर् अघि यस्तै घटना हुँदा पृथ्वीबाट डाइनोसरको अस्तित्व समाप्त भएको थियो। नासामा रहेको स्पेस गार्ड सर्वेले अन्तरिक्षमा लगातार निरिक्षण  गरिरहेको हुन्छ। अहिले हाम्रो अनुसन्धानका क्रममा पृथ्वीतर्फ त्यस्तो कुनै ठूलो उल्का पिण्ड आइरहेको छैन।

नासाका वैज्ञानिकहरूले पृथ्वी सन् २०१२ मा समाप्त हुने कुरालाई कसरी लिइरहेका छन् ?

नासाः पृथ्वीको विनाशका विषयमा आएका कुराहरू हल्ला मात्र हुन्। यी कुरामा कतै पनि, कुनै पनि वैज्ञानिक आधार देखिँदैन। यस्तो  किसिमको हल्लाको विकास  पुस्तकहरूलाई रोचक बनाउन, चलचित्रमा रोमाञ्चकता भर्न, वृत्तचित्रहरूलाई चर्चित बनाउन तथा इन्टरनेटमा  आफ्नो साइटको प्रचार गर्न मात्र गरिएका हुन्। यी कुराको कुनै पनि किसिमको वैज्ञानिक आधार छैन,सन् २०१२ को डिसेम्बरमा अन्तरिक्षमा  कुनै पनि किसिमको अप्रिय घटना हुँदैन।

संसार ध्वस्त हुँदा जोगिने किट

संसार ध्वस्त हुन्छ भन्ने हल्लाको फाइदा उठाउँदै साइबेरियाको एक कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको छ, सरभाइभल किट। सम्भावित  खतराको अवस्थाबाट जोगिन उपयोगी हुने भन्दै उक्त कम्पनीले उक्त सरभाइभल किट बिक्री गरिरहेको छ। किटमा एक बोत्तल भोड्का, एउटा  नोटप्याड, पेन्सिल, मुटुको औषधी, साबुन, मैनबत्ती, सलाई, एक क्यान माछा, बाल्टिन, डोरी आदि समावेश छन्। यसका साथसाथै त्यसमा थुप्रै  गेम खेल्ने उपाय पनि समावेश छ। यदि आफू कुनै स्थानमा फसे परिवारका सदस्य एवं साथीभाइको पर्खाइमा गेम खेलेर समय व्यतीत गर्न  सकियोस् भनेर किटमा त्यसलाई समावेश गरिएको बताइएको छ। उक्त कम्पनीका कर्मचारीहरूका अनुसार यो किट हजारभन्दा बढी बिक्री  भैसकेको छ।

हिन्दू धर्म अनुसार प्रलयका चार प्रकार
प्रकृति ब्रह्माण्डमा लय (लीन) हुनु नै प्रलय हो। 

चार प्रलयः मूलतः प्रलय चार प्रकारका हुन्छन्। पहिलो, धर्तीमा जीवको समाप्ति। दोस्रो, धर्ती नष्ट। तेस्रो, सूर्यसहित ग्रह नक्षत्र नष्ट हुनु । चौ थो, भष्म भैसकेपछि ब्रह्माण्डमा लीन हुनु, अर्थात् शून्यताको अवस्थामा रहनु। 

हिन्दू शास्त्रले प्रलयको चार प्रकार उल्लेख गरेको छ  नित्य, नैमित्तिक, द्विपार्थ र प्राकृत। 

नित्य प्रलयः पृथ्वीमा जे-जति सृष्टि हुन्छ, एक दिन तिनको अन्त्य हुन्छ। जन्मने हरेकले एकदिन 

मर्नैपर्छ। यो सृष्टिमा प्रतिपल जन्म र मृत्युको  चक्र चलिरहेको हुन्छ। यसैलाई नित्य प्रलय भनिएको छ। 

आत्यान्तिक प्रलयः योगीहरू ज्ञानको माध्यमद्वारा बह्ममा लीन हुनु अर्थात् मोक्ष प्राप्त गरेर उत्पत्ति र प्रलयको चक्रबाट बाहिर निस्कनु नै  आत्यन्तिक प्रलय हो। 

नैमित्तिक प्रलयः प्रत्येक कल्पको अन्त्यमा हुने तीनै लोकको क्षय वा पूर्ण विनाश नै नैमित्तिक प्रलय हो। एक कल्पलाई ब्रह्माको एक दिन  मानिन्छ। यस्तो प्रलयमा धर्ती वा अन्य ग्रहको जीवन नष्ट हुन्छ। यस्तो प्रलयकालमा आकाशबाट सूर्यको आगो बर्सन्छ। यसबाट उत्पन्न भयंकर  तापले सम्पूर्ण जल सुक्खा हुन्छ अर्थात् जल नष्ट हुन्छ। त्यसपछि संवर्तक नामको मेघ अन्य मेघका साथ वर्षौंसम्म बर्सन्छ। हावा अत्यन्तै तेज  गतिमा वर्षौंसम्म बगिरहन्छ। यो क्रम विस्तारै सुस्त हुँदै जान्छ र पृथ्वीमा फेरि नयाँ जीवनको प्रारम्भ हुन्छ। 

प्राकृत प्रलयः ब्रह्माण्डको सबै खण्ड समाप्त हुनुलाई प्राकृत प्रलय भनिन्छ। यो प्रलयको उग्र रूप हो। यस्तो प्रलयपछि सम्पूर्ण ब्रह्माण्ड  शून्यावस्थामा आउँछ। न जल हुन्छ, न वायु, न आगो, न आकाश, केही पनि हुँदैन। सबैतिर केवल अन्धकार मात्र हुन्छ। 

वैज्ञानिक आशंका 

पृथ्वीको आयुलाई लिएर वैज्ञानिकहरूले विरोधासपूर्ण धारणा प्रस्तुत गर्ने गरेका छन्। केही वैज्ञानिकका अनुसार एक्स नामक ग्रह धर्तीको नजिक  आउनेछ र त्यसले पृथ्वीलाई ठक्कर दिनेछ। यदि त्यस्तो भएको अवस्थामा पृथ्वीमा कोही बाँच्न सक्ने छैनन्। २०१२ को आसपास वा २०१२ मै  अन्तरिक्षबाट चन्द्रमाको आकारमा कुनै उल्कापिण्ड धर्तीमा खस्ने सम्भावना रहेको अर्का थरी वैज्ञानिकहरूको भनाइ छ। यस्तो भएको  अवस्थामा धर्तीको आधाजसो भाग प्रभावित हुने बताइन्छ। यद्यपि अहिलेका वैज्ञानिकहरू भने यस्ता आशंकालाई ठाडै अस्वीकार गर्छन्। 

जलवायु परिवर्तन

जलवायु परिवर्तन नै विनाशको कारण बन्ने एक अध्ययनले जनाएको छ। पर्यवरणसँग सम्बन्धित संगठनको रिपोर्टअनुसार २०३० सम्म  जलवायु परिवर्तनका कारण विश्वमा १० करोड मानिसको मृत्यु हुनेछ। विकसित देशहरू संलग्न क्लाइमेट फोरमको यो रिपोर्ट मानवीय  संगठन डीएआरएले जारी गरेको हो। रिपोर्टअनुसार ग्रीन हाउस ग्यासको उत्सर्जनबाट पृथ्वीको तापमान लगातार बढिरहेको छ। 

सौर्य तुफानको भय 

सूर्यलाई वेदमा जगत्को आत्मा भनिएको छ। सूर्यलाई जीवनको उत्पत्ति मानिएको छ। सूर्यबिना जीवन चल्न सक्दैन। प्रत्येक ११ वर्षमा सूर्यमा  हजारौं लाखौं परमाणु विस्फोट हुन्छ। वेद भन्छ- 'त्यसैले प्रत्येक ११ वर्षपछि सिंहस्थको आयोजना हुन्छ।' 

वैज्ञानिकहरूले लगातार सूर्यसम्बन्धी अनुसन्धान गरिरहेका छन्। उनीहरूका अनुसार सूर्यमा भैरहेको गतिविधि चिन्ताको विषय हो। भयानक  सौर्य तूफानको आशंका गर्दै उनीहरूले यसबाट पृथ्वीमा प्रलय निम्तन सक्ने बताएका छन्। जब सूर्य चरम अवस्थामा आउनेछ, उसले पृथ्वीमा  प्रलयको स्थिति ल्याउन सक्छ। सूर्य एउटा तारा हो। हरेक तारको अन्त्य तय भएको हुन्छ। जब सूर्य नै रहँदैन भने धर्तीको अस्तित्व पनि संभव  छैन। हालको सूर्यलाई त्यो अवस्थामा आउन अर्बौं वर्ष भने लाग्नेछ।

अक्सिजनको आयु २ दशमलव ४८ अर्ब वर्ष

हाम्रो प्राण धान्ने अक्सिजनको उमेर कति होला ? वैज्ञानिकहरूले यसको निस्ष्कर्ष निकालेका छन्, जसअनुसार अक्सिजनको उमेर २ दशमलव  ४८ अर्ब वर्ष छ। अस्ट्रेलियाको पिबरा चट्टानको नमुनाको सहायताबाट वैज्ञानिकहरूले अक्सिजनको उमेरसम्बन्धी यो तथ्य फेला पारेका हुन्।  अनुसन्धान दलका अगुवा प्रो.मार्क बालीका अनुसार यो खोजको आधार चट्टानको नमुना हो। नेचरमा प्रकाशित अध्ययनमा करिब २ दशमलव  ४८ अर्ब वर्षदेखि २ दशमलव ३२ अर्ब वर्षको बीचमा वायुमण्डलीय अक्सिजनको निर्माण भएको बताइएको छ। 

संसार ध्वस्त हुने अस्ट्रेलियाली प्रधानमन्त्रीको दाबी

अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यम्भावी रहेको कुरा बताउँदै त्यस्तो प्रलयको दिन नजिकिइरहेको बताएकी  छिन्। एक भिडियो सन्देशमार्फत उनले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने  पक्का भएको दाबी गरेकी हुन्। संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभए पनि यो अवश्य नष्ट हुने गिलार्डको भनाइ छ। यसबीच  संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै जाँदा माया सभ्यताको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइचो बढेको  समाचारहरू आइरहेका छन्। ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ बिहानी शिर्षकको विश्व सम्मेलन पनि हुँदैछ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget