_

Translate

सरकारका उच्च अधिकारी राजधानीको सडक अनुगमन गर्दै


काठमाडौ, मंसिर १६ - उपत्यकाका  विस्तारित सडक निर्माणमा ढिलाई नहोस भनेर सरकारका उच्च अधिकारीहरुले शनिबार स्थलगत अनुगमन गर्दैछन् । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटा नेतृत्वको टोली विभिन्न क्षेत्रको सडक तथा निर्माण कार्यको अनुगमनमा निस्केको छ ।
डिभिजन सडक कार्यालय काठमाडौं अन्तर्गत 
२५ वडा, ललितपुरमा ११ र भक्तपुरमा २ वटा विस्तारित सडकको निर्माण भइरहेको छ ।  त्यस्तै, उपत्यका सडक विस्तार आयोजान अन्तर्गतका ७ वटा सडकको निर्माण जारी छ । डिल्लीबजारबाट निरीक्षण थालेको टोली चाबेल लगायतका क्षेत्रको निरीक्षण सकेको छ । विस्तारित सडक निर्माण सम्पन्न नहुँदा सवारी साधनको सहज संचालनमा अप्ठ्यारो भएको र धुलोका कारण समस्या बढेको सर्वसाधारणको गुनसो रहेकाले सडक निर्माणलाई तिब्रता दिन अनुगमन थालिएको सरकारी अधकारीले बताएका छन् ।
अनुगमन टोलीमा भौतिक योजना तथा निर्माण मन्त्रालय सचिव तुलसी सिटौला, वनका सचिव कृष्णप्रसाद पौडेल लगायत उच्च सरकारी अधिकारीहरु छन् ।
टोलीले ढिला सुस्ती नहोस भनेर सम्बन्धित सरकारी निकाय र  काम नगर्ने ठेकेदारलाई निर्देशन दिएको छ । काममा ढिला गर्ने कर्मचारी र ठेकेदारलाई कारवाही गरिने चेतावनी समेत दिइएको छ । त्यस्तै,सडक विस्तारका क्रममा घर भत्काउन अटेर गरेकाहरुको घर तत्काल डोजर लगाएर भत्काउन तथा सडकमा जेलिएर रहेका तारहरु पनि हटाउन सचिव बास्कोटाले निर्देशन दिएका छन् ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget