_

Translate

राम भाग्यमानी

gulfकाठमाडौ, कार्तिक २५ - गल्फमा एक स्ट्रोकको अग्रता सुरक्षित मानिँदैन । कारण अन्तिम होलको खेल नटुंगिएसम्म यो खेलमा हार-जितको छिनोफानो हुँदैन । तर नौ होल बाँकी छँदै ६ स्ट्रोकको अग्रता लिनेको जित लगभग निश्चित मानिन्छ । यस्तोमा राम थापाले ब्याक नाइनमा बिर्सनलायक प्रदर्शन गरे पनि भाग्यमानी ठहर्दै सूर्य नेपाल च्यालेन्ज गल्फ शुक्रबार जिते । मणि राई र उमेश नगरकोटीभन्दा एक स्ट्रोक अघि रहँदै रामले अन्तिम दिनको खेल सुरु गरेका थिए । फ्रन्ट नाइन ३ अन्डर ३० मा टुंग्याउँदै राम
६ स्ट्रोकले अघि बढे । एकपछि अर्को गल्ती गर्दै ब्याक नाइनमा ३ ओभर ३७ स्कोर गरे पनि उनी व्यावसायिक गल्फको दोस्रो उपाधि चुम्नबाट रोकिएनन् । लगातार ३ बोगीपछि अन्तिम होलमा एक स्ट्रोक बचाउँदै उनले चौथो दिन इभन पार ६७ स्कोर गरे ।
राम समग्रमा ६ ओभर २ सय ७४ स्कोर गर्दै च्याम्पियन भएका हुन् । उनले उमेशलाई २ स्ट्रोकले पछि पारे । अन्तिम दुई होलमा बोगी बेहोरेपछि मणि (नौ ओभर २७७) ले तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो । सुरुका दुई दिन अग्रता लिएका एमेच्योर गल्फर दिनेश प्रजापतिले पनि २ सय ७७ स्ट्रोकमा खेल टुंग्याए । उनी एमेच्योरतर्फ विजेता भए । सन् १९९९ मा प्रो-टर्न भएका ४३ वर्षीय रामले व्यावसायिक गल्फमा जितेको दोस्रो उपाधि हो यो । उनले दुई वर्षअघि सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेका थिए । उनले म्याच प्लेको फाइनलमा धराने प्रो मणिलाई पराजित गरेका थिए । यसपल्ट पनि मणिको कडा चुनौती पार गर्दै उनले ट्रफी चुमेका हुन् । उनले दुवै उपाधि रोयल नेपाल गल्फ क्लबमा जितेका हुन् ।
'अघिल्ला दिनको तुलनामा पटिङ राम्रो भयो । ड्राइभ पनि राम्रै गरें,' रामले भने । पहिलो दिन ५ ओभर ७२ को कार्ड बनाएका उनले पछिल्ला तीन दिन एक रूपको प्रदर्शन गर्दै ६७, ६८ र ६७ स्कोर गरेका थिए । शुक्रबार उनले होल नं.२, ३, ४ र ८ मा बर्डी प्रहार गर्दै ६ स्ट्रोकको अग्रता लिए । बोगीबाट खेल सुरु गरेका मणिले सातौंमा पनि एक शट धेरै खेले । तेस्रोमा बर्डी प्रहार गरेकाले उनी फ्रन्ट नाइनमा रामभन्दा ६ स्ट्रोक पछि थिए । दुवैले नवौं होलमा बोगी खेले । चौथोमा बर्डी आत्मसात् गरे पनि २, ७, ८ र नवौंमा बोगी बेहोर्दै उमेश ७ स्ट्रोक अन्तरमा पुगेका थिए । टि-शट जंगलमा हानेका रामले दसौं होलमा पार खेले । 'भाग्यले बल सीमाबाहिर गएन,' उनले भने । त्यसमा मणिले बर्डी प्रहार गरेपछि अन्तर ४ स्ट्रोकमा झर्‍यो । रामले दोस्रो शट ह्याजर्डमा हानेपछि ११ औंमा पनि बोगी बेहोरे । त्यसमा पार खेल्दै मणि ३ स्ट्रोकनजिक पुगे । उमेशले ३ पारपछि १३ औंमा बर्डी हाने । मणिले पार खेलेपछि बर्डी गर्दै राम ४ स्ट्रोकले अघि बढे ।
रामले १५, १६ र १७ औं होलमा एक-एक स्ट्रोक गुमाए । 'मेरो खेल बिग्रँदा उमेश र मणिले राम्रो खेलेकाले दबाबमा परें । तर १६ औंमा बंकरमा खस्न लागेको बल गि्रननजिक अडकएपछि उपाधि आस फेरि जाग्यो,' उनले भने । १५ औंमा बर्डी गरेलगत्तै पार खेल्दै मणि १ स्ट्रोकनजिक पुगे । उनले १७ औंमा ६ फिटको 'पार पट' मिस गरेपछि रामलाई भेटाउने अवसर गुमाए ।
'१७ औं होलको गि्रनमा ३ स्ट्रोक खेलेकाले उपाधि होडबाट बाहिरिएँ । त्यसपछि आत्मविश्वास गुमाएँ । र, १८ औंमा बोगी खेले,' मणिले भने । उमेश १३ र १७ औंमा बर्डी र अन्त्यमा पार खेल्दै मणिलाई उछिन्दै उपविजेता भए । उमेशले फ्रन्ट नाइनमा ३ ओभर र ब्याकमा २ अन्डर खेल्दै दिनको स्कोर १ ओभर ६८ बनाए । मणिले फ्रन्ट नाइनमा २ ओभर र ब्याकमा इभन पार खेले ।
'१८ औं होलमा पिन अप्ठ्यारो स्थानमा थियो । त्यसमा पार खेल्दै एक स्ट्रोकको अग्रता जोगाएर उपाधि जित्ने लक्ष्य बनाएर सुरक्षित खेलें । राम्रो खेल्दै बर्डी नै हानें,' रामले भने । नेपाली नं.१ प्रो शिवराम श्रेष्ठको अनुपस्थितिमा जितेको उपाधिबारे उनले भने, 'जसको भाग्यमा लेखेको छ । उसले नै जित्छ । किनभने शिवराम खेल्दा नि उपाधि जितेको थिएँ ।'
तीनदेखि ५ फिटका ५ पट मिस गरेका उमेशले भने, 'पटिङको कमजोरी सुधार्न सकिनँ । त्यसैले गाह्रो भयो ।' सूर्य नेपाल गल्फ टुर २०१२-१३ को चौथो प्रतियोगिताको विजेता रामले ६० हजार रुपैयाँ हात पारे । उमेशले ४० हजार र मणिले २८ हजार प्राप्त
गरे । कुल ३ लाख ३० हजारको प्रतियोगितामा शीर्ष दस प्रोले कम्तीमा १२ हजार पाए ।
शीर्ष दस प्रो
२७४-राम थापा, २७६-उमेश नगरकोटी, २७७-मणि राई, २८०-दीपक थापामगर, २८२-सूर्यप्रसाद शर्मा, २८४-रमेश अधिकारी, २८५-जयराम श्रेष्ठ, रवि खड्का, सञ्जय लामा, २८७-सीबी भण्डारी ।
एमेच्योरः २७७-दिनेश प्रजापति, २८९-विकास बोगटी, २९०-विष्णु शर्मा ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget