_

Translate

नक्कलि फेसबुकका लिन्क भएका वेभसाटहरूबाट सावधान


एउटा कुरा के पत्ता लागेको छ भने फेसबुकको वालमा वाहियात समाचारका लिन्क हाल्ने केही नाफाखोरी वेभसाइटहरूले, मात्र सन्सनीपूर्ण समाचारको हेडलाइन दिएर, भिडियो सहित भनेर लेख्छन्, के के होला भनेर भित्र गयो, त्यहाँ भिडियो हेर्नका लागि तलको लिन्कमा क्लिक गर्नुहोस् भनेको हुन्छ, क्लिक गर्दा त्यहाँ कि त गुगलको विज्ञापन हुन्छ, कि भने कुनै कुनै ठग अर्थात इन्टरनेट स्क्यामरको लालचपूर्ण विज्ञापन वाहेक केही हुँदैन ।
के के भै हाल्छ कि भनेर भिडियोमा भनेजस्तै गरी पहिले सारा व्यक्तिगत विवरण भरिन्छ, निःशुल्क भनिएका त्यस्ता इन्टरनेट मार्केटिंग ठगहरूले विस्तारै १०-२० डलर मात्र तिरे पछि सबै ठीक हुने, अनि महिनाको यति र उती घरमै बसेर कमाउने, त्यो पनि सर्वे गरेको भरमा वा इमेल पठाएको भरमा रे भनिन्छ ।
यदि कसैले त्यस अनुरूपको रकम तिरेर सदस्य बनेको खण्डमा पुनः यति तिर अनि यस्तो पनि हुन्छ उस्तो पनि हुन्छ भन्दै दुइचारसय डलर, यसरी तान्छन् कि, उनीहरूले तोकेको ६० दिनमा पैशा फिर्ता वा ३० दिनमा पैशा फिर्ताको समय गुजारिदिन्छन् । यसरी तपाइँको पैशा त गयो, त्यो ठगले थप यस्ता यस्ता लालचहरू दिन्छ कि, निल्नु न वोकल्नु हुन्छ ।
यसरी तिरको पैशाबाट, ति ठगहरूका कम्पनीले त्यो वेभसाइट मालिकलाइ ५० देखि ७० प्रतिशत सम्म कमिशन दिन्छ, जस्को वेभसाइटको लिन्कबाट त्यो मुर्गा पायो ।
अर्को कुरा, यदि तपाइँले कुनै पैशा तिर्नुभएन भने थप के के हुन्छरु त्यो पनि थाह पाउनु जरूरी छ ।
तपाईंले पैशा नतिरेको खण्डमा तत्काल त कुनै फरक पर्दैन, तर कालान्तरमा तपाईंले दिएको इमेलमा वा फोनमा त्यस्ता अनेकौं सन्देशहरु आउने, फोन गरेर गहिरो अभिरुची जगाउने, पटकपटक फोन गरेर, हैरान पार्ने सम्म गर्दछन् । त्यस्ता फोनहरु प्रायः अमेरिका, बेलायत जस्ता आम नेपालीले ईष्र्या गरेका देसबाट आएका हुन्छन् र उनीहरु छन् पनि त्यस्तै देसहरुमा । अब इमेल र फोनलाई पनि वास्ता नगरी बसेको खण्डमा कालान्तरमा तपाईंलाई के के हैरानी खप्नु पर्छ, त्यो पनि जान्न जरुरी छ ।
तपाईंको कम्प्यूटरमा यो समस्या छ, ऊ समस्या छ भनी अनेकौं निःशुल्क स्क्यान गर्ने, कम्प्यूटरको स्पिड बढाउने, आदि ईत्यादि समस्याहरु देखाएर, तपाईंका कम्प्यूटरमा इमेलका माध्यमबाट ट्रायलमा इन्टल गरिएका सफ्टवेयर मार्फत, अनेकौं समस्याहरु सिर्जना गरिसकेका हुन्छन्, हामीलाई थाह पनि हुँदैन । अनि एकदिन तपाईंको खुरुखुरु काम गर्ने उत्तम खालको कम्प्यूटर पनि इन्टिभाईरस हुँदाहुँदै केही महिना वा हप्तामै कामै नलाग्ने भएर जान्छ । त्यसमा एन्टिभाईरसले केही पनि गर्दैन किन कि, त्यो सफ्टवेयर रन गर्नका लागि हामीले नै हाम्रो कम्प्यूटरको एडमिटिस्ट्रेटरलाई अनुमति दिईसकेका हुन्छौं । अनि वाध्य भएर, तपाईंले कि त कुनै अनलाईन उनीहरुकै महंगो सफ्टवेयर किन्नु हुन्छ । यदि किनेको खण्डमा पनि उनीहरुलाई त पाईदा भयो ।
नकिनेको खण्डमा तपाईंले कुनै न कुनै कम्प्यूटर बनाउनेको सहयोग लिनुपर्ने भयो, नत्र त कम्प्यूटरमा यस्तो समस्या आएर बसेको हुन्छ कि तपाईं हामी जस्ता सामान्य ज्ञानभएकाहरुले खर्च नगरी धरै छैन । यसरी आम नेपालीहरुको ज्ञान, अभाव, सपना र ईष्र्याको फाईदा उठाउनका लागि लागि परेका यी इन्टरनेटका ठगहरु नेपालको बजारमा मौलाएका नेटवर्क मार्केटिंकका विकसित रुपहरु हुन् । यस्ता काममा तिनै व्यक्तिहरु चाहिंदा नचाहिंदा जिज्ञासामय समाचारका हेडलाईन मात्र राखेर भिडियो सहित भनेर लेख्दै, तपाईंहामी जस्ता सामान्य सोझा र ईमान्दारहरुलाई ठग्ने दाउमा लागेका छन् । यस्ता कामहरु प्रायः फेसबुकको वालमा सित्तैमा लिन्क हालेर मूर्गा फँसाउन पाईने हुँदा यतिबेला दिनहुँ नयाँनयाँ पेज लाईक गरेर कमाल देखाउने, चमत्कार देखाउने आदि र सेक्सका भिडियो देखाउने भन्दै ठग्नमा निकै सक्रिय छन् । त्यसैले ………..
सबैले सावधान रहरे कुनै त्यस्तो पेजलाई लाईक नगर्नुहोस्, जस्ले यस्ता भ्रामक र उत्तेजक समाचारको लिन्क हालेर भित्र भिडियो नै नभएको लिन्कमा क्लिक गर्न भन्छ । यदि लाईक गरिसकेको भए पनि, अनलाईक गरिदिनुस् र तपाईंको फेसबुक वालमा आएको लिन्कको अप्सनमा गएर, त्यो पोष्टका बारेमा रिर्पोट गरिदिनुस् । यसो गरेमा उपरान्त अरु कुनै सोझो नेपाली ठगिनबाट त बच्छ । किन भने तपाईंले रिर्पोट दिस पेजमा क्लिक गरेपछि फेसबुक व्यवस्थापनले उक्त फेसबुक संचालकलाई चेतावनी पठाउँछ र त्यस्ता काम बारम्बार गरेमा त्यो खाता नै बन्द गरिदिन्छ ।
समाजसेवाका लागि जारी नेटवर्क मार्केटिंगका ठगहरुका विरुद्धको एक नौलो खोज । कृपया तपाईंलाई यो लेख लाभदायक र चेतनापूर्ण लागेको भए, कृपया आफ्नो फेसबुक वालमा पनि शेयर गरिदिनुहोला । त्यसो गरेको खण्डमा तपाईंकै आफन्त र साथीभाईहरु पनि यस्ता ठगहरुको चूंगलमा पर्नबाट जोगिनेछन् ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget