_

Translate

कम्पनीका विवरण अब वेबसाइटमै


काठमाडौं, मंसिर १८ (नागरिक)- कम्पनीहरूले आफ्ना विवरण हेर्न र जानकारी लिन वा कम्पनी दर्ता गर्न अब कम्पनी रजिस्ट्रारको कार्यालयमै धाउनु नपर्ने भएको छ। घरमै वा कार्यालयमै बसेर कम्प्युटरमा एक क्लिक गरेपछि सबै विवरण उपलब्ध हुने भएको छ।

  कम्पनी रजिस्ट्रारको कार्यालयको वेबसाइट
'ओसिआर डट जिओभी डट एनपी' लगइन गरी कम्पनीको प्रोफाइलसहित सम्बन्धित कागजात तथा जानकारीपत्र हेर्न मिल्ने भएको हो। गत कात्तिक २४ बाट परीक्षण गरेको यो सुविधालाई कार्यालयले आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

'नयाँ कम्पनी दर्ता गर्न, नाम जुराउन, कम्पनीको नाम ओगटेर राख्न, कम्पनीको अधिकार प्राप्त गर्न, कम्पनीको कागजात दर्ता गर्नलगायत सुविधा दिएका छौं,' कार्यालयका उपरजिस्ट्रार दीपक घिमिरे आइतबार आयोजित कार्यक्रममा भने, 'हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले यो सुविधा लिइसकेका छन्।'

यस्तो खालको सुविधा कार्यालयबाट पहिलो पटक दिइएको उनले बताए। एक वर्ष लामो प्रयासपछि यस्तो सुविधा दिन सफल भएको भन्दै उनले यसलाई बढिभन्दा बढी क्रियाशील बनाइने जानकारी दिए।

'यो सुविधाले सरकारी निकायहरूलाई सहजता प्रदान गर्छ भने व्यापारी, उद्योगपति वा कम्पनी सञ्चालन गर्न चाहने जोसुकैलाई फाइदा पुग्छ,' उनले भने, 'कम्पनीसम्बन्धी गतिविधि जतिखेर जहाँ पनि सजिलै हेर्न मिल्ने भएपछि सबैलाई फाइदै हुनेछ।'

कार्यालयका अनुसार यस्तो सुविधा लिनका लागि कम्पनीहरूले ओसिआर डट जिओभी डट एनपी वेबसाइट लगइन गरी 'भ्यु कम्पनी प्रोफाइल' क्लिक गरेपछि निवेदन दिन सकिन्छ। कार्यालयमा निवेदन प्राप्त भएपछि कम्पनीहरूले यस्तो सुविधा पाउँछन्। त्यसपछि आफ्नो युजरनेम र पासवर्ड क्लिक गरेपछि जहाँबाट पनि कम्पनी विवरण हेर्न मिल्छ।

कार्यालयका अनुसार पासवर्ड प्राप्त कम्पनी प्रमुख वा तोकेको प्रयोगकर्ताले मात्र यो सेवा प्रयोग गर्न सक्नेछन्। आफ्नो युजरनेम र पासवर्डबाट अन्य कम्पनी वा व्यक्तिलाई सेवा उपयोग गर्न दिन हुँदैन। यो सेवा प्रयोग राम्रोसँग गर्न नजानेर वा गलत प्रयोग भए त्यसको जवाफदेही प्रयोगकर्ता आफैंले बेहोर्नुपर्ने छ। सेवा प्रयोग गर्न नचाहने कम्पनीले कम्तीमा १५ दिनअघि कार्यालयलाई सूचना दिनुपर्ने छ।

त्यसै गरी कुनै कम्पनीले एक वर्षसम्म युजर एकाउन्ट प्रयोग नगरे खाता स्वतः रद्द हुने कार्यालयले जनाएको छ। सेवालाई थप चुस्त बनाउन र परिमार्जन गर्न कार्यालयले अन्य सेवा प्रदायकसँग कुनै किसिमका सर्त सम्झौता गरे ती सबै प्रयोगकर्ताले पालन गर्नुपर्ने छ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget