_

Translate

वैशाखमा चुनाव नभए देश भड्खालोमा : खनाल


इलाम, मंसिर १८- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आउँदो वैशाखभित्र सहमति जुटाएर जसरी भए पनि चुनाव नगरे देश संकटको खाडलमा जाकिने बताएका छन्। उनले अब पनि निर्वाचन हुन नसके देश भड्खालोमा जाने निश्चितप्रायः भएको पनि बताए।

'बिहान एउटा र बेलुकी अर्कै कुरा गर्ने ठूला दलका
नेताका कारण सहमति अडि्कएको छ,' बाँझोस्थित माङ्सेबुङमा सोमबार किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ५९औं जन्मोत्सव समारोहको उद्‍घाटन गर्दै खनालले भने 'प्रधानमन्त्रीले पद नछाड्नुले वर्तमानको सहमतिमा बाधा पुर्‍याएको छ।'

खनालले प्रधानमन्त्रीको सहमतिका लागि बाटो खुल्ला गरिदिन्छु भन्ने तर गर्नचाहिँ नगर्ने प्रवृत्तिले समस्या निम्त्याएको बताए। उनले भने, 'सहमतिका लागि त्याग गर्छु भन्ने तर कुर्सी नछाड्ने प्रधानमन्त्रीको चालाले समस्या खडा भएको छ।' खनालले माओवादीको नेतृत्वमा सहमतिको सरकार निर्माण हुनै नसक्ने ठोकुवा पनि गरे।

उनले संवैधानिक निकायहरु पनि रिक्त हुने अवस्था आएकाले चुनाव अपरिहार्य रहेको उल्लेख गरे। संविधान सभाको चुनाव गरेर संविधान आएमात्रै देशले कोल्टे फेर्ने खनालको भनाइ छ।
समारोहमा बोल्दै पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले दलहरुबीचको विवादका कारण संविधान बन्न नसकेको र सहमति पनि हुन नसकेको बताए। उनले भने 'दलहरु सहमतिका लागि परिपक्व नभएका कारण सहमति हुन सकेको छैन। सहमतिका लागि परिपक्वताको आवश्यकता छ।' उनले धर्मले नागरिकलाई एकताको सूत्रमा बाँध्ने भएकाले किराँत धर्म पनि एकताको आधार नै भएको बताए।

लिङदेनको जन्मोत्सवका अवसरमा बाँझोस्थित लारुम्बामा हजारैं किराँत धर्मावलम्बी भेला भएका छन्। नेपाल, भारत, वेलायतलगायतका स्थानहरुबाट किराँत धर्मावलम्बीहरु जन्मोत्सव समारोह मनाउन आएका छन्। महोत्सवका अवसरमा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो। सोमबार शुरु भएको महोत्सव बुधबारसम्म चल्ने आयोजकले जनाएको छ।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget