_

Translate

विवाहको जग्गेबाटै बेहुलाबेहुलीसहित ६ जना पक्राउ


ताप्लेजुङ, मंसिर ३० - बालविवाह गरेको अभियोगमा प्रहरीले पाँचथर सदरमुकाम फिदिमबाट हिजो विवाहको जग्गेबाटै बेहुलाबेहुलीसहित ६ जनालाई पक्राउ गरेको छ। फिदिम २ पल्लोटारमा बेहुलाका काका विमल धमलाको घरमा विवाह समारोह भइरहेको अवस्थामा
उनीहरुलाई पक्राउ गरिएको हो।


पक्राउ पर्नेहरुमा १७ वर्षीय बेहुला धनकुमार धमला, १७ वर्षीया बेहुली सुमित्रा घिमिरे, बेहुलाकी दिदी रिता धमला, बाबु धनकुमार धमला, हजुरबुबा अमृतमान धमला र पुरोहित कृष्ण गदाल छन्।

केटा र केटीको उमेर नपुगेको अवस्थामा विवाह गरिरहेको बेला पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गत मुद्धा चलाइने प्रहरी निरीक्षक गोपाल ढकालले जानकारी दिए। उनका अनुसार अदालतबाट अभियोग प्रमाणित भएमा उनीहरुलाई जनही १० हजार रुपैंया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने छ। १८ वर्षमुनिका केटाकेटीले विवाह गरे बालविवाह मानिने कानुनी प्रावधान छ।

कानुनतः उमेर नपुगेका केटाकेटीको विवाह गराउन क्रियाशिल रहेकोले विवाह गराउन सक्रिय अन्यलाई पनि पक्राउ गरी मुद्धा चलाउनु परेको ढकालले बताए। जिल्ला बाल क्लव सञ्जालका पूर्व अध्यक्ष तथा सल्लाहकार सुन्दर लावतीको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। बेहुलाबेहुलीको उमेर नपुगेको भनिए पनि उनीहरुले आफूहरुले राजीखुसीसाथ अन्तर्जातीय विवाह गरेको बताएका छन्। सुमित्रा यसअघि मंसिर ८ गते नै भागेर बेहुलाको घरमा बसिरहे पनि शुक्रबार विवाह समारोह भएपछि प्रहरीले आकस्मिकरुपले पक्राउ गरेको हो।

लुम्फाबुङ स्थायी घर भएकी सुमित्रा उनका पति भएका राजन बस्ने उनका काका विमलको घर नजिकै बस्दै आएक थिइन्। उनी स्थानीय फिदिम उमाविमा १० कक्षामा अध्ययन गर्छिन्। स्थानीय बोर्डिङ स्कुलमा आठ कक्षा अध्ययन गरेपछि पढाइ छोडेका राजन आफ्नै बुवाले सञ्चालन गरेको बाबा ज्वेलर्समा सुन चादीका गहना बनाउने कार्यमा संलग्न रहदै आएका थिए। तीन साताअघि नै भागी विवाह गरेपछि केटाकेटी पक्षबीच असमझदारी बढेको हो।

केटी पक्षले दुई वर्ष छुट्याउने सर्त राखे पनि केटाकेटी नमानेपछि मंसिर १५ देखि संगै बस्दै आएका थिए। 'केटीले केटा छोड्नु परे झुण्डिन्छु भनेपछि सँगै राखिएको हो' राजनका बाबु धनकुमारले भने, 'विवाहलाई आफ्नो परम्परा अनुसार वैधानिकता दिन खोज्दा लफडा पर्यो ।'केटाकेटी सँगै बस्न चाहे पनि केटीका काका पर्ने प्रहरीका घुमुवा गोपाल घिमिरेसहितले केटा पक्षलाई छुट्याउन दबाब दिँदै आएको केटी पक्षले दाबी गरेका छन्। 'उनले केटाकेटीलाई अलग नगरे राम्रो नहुने धम्की पटक पटक दिएका छन्,' दलित जातीय मुक्ति समाजका अध्यक्ष लक्ष्मी सुनारले भने, 'ब्राम्हण र दलितबीच भएको अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्नुको बदला अमान्य गराउन प्रहरी आफै लागेको छ।'
उता विभिन्न दलित संघसंस्थाले भने अन्तर्जातीय विवाह भएकोले प्रहरीले षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका छन्। 'उमेरको कुरा एक ठाउँ भएपनि केटाकेटी मिलेको अवस्था हो,' समाजका अध्यक्ष सुनारले भने,'यस्ता विवाह पहिले पनि भए पनि चुप लाग्ने प्रहरीले नियोजितरुपले लागेको छ।'प्रहरीले भने यस बारेमा थप प्रतिक्रिया दिएको छैन।

No comments:

Post a Comment

Lumbini,Nepal Is The Birthplace of Gautam Buddha.

Your Text Here The slide is a linking image Pure Javascript. No jQuery. No flash. #htmlcaption

नेपालीमा लेख्न यहाँ तल जानुहोस्

Nepali Calender

नेपाली क्यालेन्डर/Nepali Calendar:

Currency Converter & Exchange Rates

Flag Counter
Money Converter & Exchange Rates
Back to top Go To Top Twitter Bird Gadget